site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारसँगै कर्मचारी पनि सरुवा गर्दा समयमा विकासका काम हुन सक्दैनन्: महत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारसँगै कर्मचारी पनि सरुवा हुँदा विकास निर्माणमा विनियोजित बजेटबाट समयमै काम गर्न नसकिएको बताएका छन् ।
नेपाली कांग्रेस नवलपरासीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रसेवक कर्मचारी राजनीतिबाट मुक्त रहनुपर्ने बताए ।
उनले कर्मचारीले राजनीति गर्दा जनतालाई मर्का पर्ने धारणा समेत राखे । डा. महतले स्थानीय निकायको पुनःसंरचना गरेर जाँदा ढिला हुने भएकाले अहिलेकै संरचनामा स्थानीय निकायको निर्वाचन हुनुपर्ने धारणा राखे ।
उनले विगतमा कांग्रेसले लिएको आर्थिक नीतिकै कारण मुलुक अहिले विकासको चरणमा प्रवेश गरेको बताए ।  कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले प्रदेशको संरचनामा नवलपरासीलाई टुक्र्याइएको भन्दै विरोध जनाए । कांग्रेस सांसद रन्जित कर्णले अख्तियारले छानविन प्रक्रिया अघि बढाउन थालेको आशंकामा बामपन्थी पार्टीहरु तर्सेर महाभियोग प्रस्ताव ल्याएको बताए । उनले गलत गर्नेलाई कारवाही गरिनुपर्ने भए पनि यसका बारेमा पार्टीले गम्भीर भएर निर्णय लिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा कांग्रेस नेताहरु रमेश महत, हिमालदत्त श्रेष्ठ, खेलराज पाण्डे लगायतले धारणा राखेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC