site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डले यो अवसर गुमाए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः यादव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 
शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा गठबन्धनका अध्यक्ष यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको समेत दाबी गरे । उनले अघि थपे, “हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।”
साक्षात्कारमा यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना समेत गरे । 
यादवले भने,“बकबक बोलेरमात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।”
उनले पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनावलगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए । उनले भने,“यो प्रस्ताव धेरै पुराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्वीकार गरिसकेको छ ।”
उनले मधेसी, आदिवासी, जनजाति, थारु, महिला, अल्पसंख्यकलगायतका अधिकार स्थापित गर्नको लागि संविधान संशोधन अनिवार्य भएकोले त्यतातिर सरकारले विलम्ब नगरीकन कामकारवाही अघि बढाउनुपर्ने बताए । यादवले थपे, “तर किस्तामा गर्ने कुरा हामीलाई स्विकार्य छैन, हामी मान्दैनौं ।”
सरकारलाई दिएको समर्थन फिर्ता लिने हल्लामा कुनै सत्यता नभएको उनको दाबी थियो । यादवले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव किन र के उद्देश्यको लागि ल्याइएको भन्ने कुरामा आफूहरु अहिलेसम्म नै अनभिज्ञ रहेको बताउँदै भने, “के को लागि ल्याइएको हो भन्ने कुरामा हामी अहिलेसम्म पनि जानकार छैनौं, त्यसैले हामी अहिले पक्ष वा विपक्ष कतैपनि छैनौं ।”
यादवले विगतमा के सहमतिमा लोकमानलाई अख्तियार प्रमुख बनाइएको थियो भन्ने कारण पनि स्पष्ट रुपमा बाहिर आउनुपर्ने माग गरे । तर उनले पछिल्लो समय मुलुक लोकमानमय बनेको देख्दा आफूलाई आश्चर्य लागेको बताए । यादवले भने, “यत्रो झापा काण्ड गरेका र विद्रोह गरेकाहरु एउटा लोकमानसँग किन यसरी भयभित भएका हुन, आतंकित भएको हुन, यो कुरा रहस्यमय छ ।” 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC