site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाहाल सरकार बनेपछि पहिलोपटक तीन दलका नेता एकैठाउँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नयाँ सरकार गठनपछि प्रमुख दलका शीर्ष नेताबीच पहिलोपटक संविधान संशोधनसहित महत्वपूर्ण विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा पहिलोपटक पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै चारवटा महत्वपूर्ण विषयमा कुराकानी भएको बताए ।
“बैठकमा चारवटा विषयमा छलफल भयो,” एमाले अध्यक्ष ओलीको भनाई थियो, “संविधान कार्यान्वयन, संविधान संशोधन, महाभियोग र निर्वाचन सम्बन्धी चारवटा विषयमा छलफल भयो । यो छलफलको सुरुवात हो ।त्यसैले कुनै निश्कर्षमा पुगिएको छैन ।” 
बैठकपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधान संशोधन गरेर निर्वाचनमा जाने बारेमा छलफल भएको बताए ।
“महाभियोगको बारेमा हाम्रो पार्टीमा छलफल जारी छ,” उनले भने, “निर्वाचनका लागि संविधान संशोधन नगरि हुँदैन । मधेसवादी दलका नेताहरुसँग पनि यसबारेमा छलफल गरेर निष्कर्षमा पुग्छौं ।”
तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा छलफल भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC