site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत–पाकिस्तानको तनावमा हामी अहिल्यै बोल्न मिल्दैन : परराष्ट्रविद्
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. अधिकारीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको बताएका हुन् । यद्यपी उनले भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे । 
अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस् भन्ने चाहेको स्पष्ट पारे । 
सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उनको भनाई थियो । भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे । 
डा. अर्थविद् विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे । 
उनले भने,“अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।” डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा ईन–ईफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो । 
पराष्ट्रविद् डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए ।  उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।  उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ति निकाल्नुपर्ने धारणा राखे । उनले थपे,“अफिसियल डकुमेन्ट निकाल्दा विचार पुर्याएर एउटै निकाल्नुपर्छ ।”
भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टा«ईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।  पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए स्थान सार्न सकिने बताए । यद्धपी उनले भारत–पाकिस्ताबीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए । 
 
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १५:२५
प्रतिक्रिया दिनुहोस्