बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दुर्घटनामा परेको पूर्व मुख्यसचिवको गाडीको खोजी गर्न र घाइतेको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज ९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं  । दुर्घटनामा परेको पूर्वमुख्यसचिव माधव घिमिरे चढेको गाडीको खोजी गर्न र घाइतेको उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । 
पूर्वगृहमन्त्रीसमेत रहेका घिमिरेलगायत चढेको गाडी त्रिशूलीमा वेपत्ता भएलगत्तै माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनले घाइते र बेपत्ताको खोजी गर्न निर्देशन दिएका हुन् । 
“पूर्वमूख्यसचिव एवम् पूर्वमन्त्री माधव घिमिरे सवार कार दुर्घटना घटनाले स्तब्ध तुल्याएको छ, शीघ्र खोजीका लागि प्रशासनलाई निर्देशित गर्दछु,” उनले ट्विटमा भनेका छन् ।
पूर्व मुख्यसचिव माधव घिमिरे चढेको गाडी चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडी त्रिशुलीमा खसेको थियो । जोमसोमबाट आउँदै गरेको बा ९ च १५३१ नम्बरको गाडीमा घिमिरे परिवारसहित रहेको बताइएको छ ।  एक जनाको उद्धार गरिएको छ भने बाँकी तीन जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । पुर्व गृहमन्त्री घिमिरेसहित ३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज ९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्