site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री डा. प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच बिहीबार भेटवार्ता भएको छ ।   भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा समान धारणा बनाएर अगाडि बढ्ने र मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए।

भेटका अवसरमा नर्वेका विदेशमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका बारेमा विशेष चासो राखेका थिए । भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्दै उनले नेपाल सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, परराष्ट्रमन्त्री डा. महतसँग एसियाका लागि बेलायतका मन्त्री आलोक शर्माले पनि शिष्टाचार भेटवार्ता गरे । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, व्यापार तथा व्यवसायको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । साथै, भूतपूर्व गोर्खा सैनिकको माग तथा समस्याका बारेमा समेत कुराकानी भएको थियो ।

यसैगरी, संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री थोमस सान्नन् र परराष्ट्रमन्त्री डा. महतबीच  पनि भेटवार्ता सम्पन्न भयो । सो अवसरमा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल भएको थियो ।

Global Ime bank

रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC