बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संविधान कार्यान्वयन नभए अप्ठ्यारो स्थितिमा आउँछ–अध्यक्ष ओली
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, असोज ३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

पोखरा, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिएका छन् ।

नेकपा (एमाले) प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकको कास्कीको रुपाकोट गाविसस्थित रुपा रिसोर्टमा आज उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिए । अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा एमालेले खबरदारी गरिराख्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण त्यति फलदायी नभएको समेत टिप्पणी गरे ।  एकदिने सो बैठकमा प्रदेश नं ४ को सङ्गठन कमिटीका ८० जना सदस्यको सहभागिता रहेको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, असोज ३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्