site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । गत साता मनमैजुमा चोरका दुई ग्याङबीच झडप थयो । अर्को एरियाका चोरले मनमैजुमा आएर चोरी गर्न खोजेछन् । त्यो कुरा मनमैजु क्षेत्रका चोरको ग्याङले थाहा पायो । त्यसपछि मनमैजुका चोरको ग्याङले अर्को एरियाका चोरहरूमाथि आक्रमण गर्यो । 
राति ११ बजे मनमैजुमा दुई समूहबीच झगडा भयो । खुकुरी र रड बोकेका दुई चोर समूहबीच करिब २० मिनेट लडाइँ चलेको खबर स्थानीयले प्रहरीलाई गरे । त्यसपछि मात्र अर्को एरियाका चोरहरू भागेका थिए । 
प्रहरीका अनुसार काठमाडौं उपत्यकामा तीन प्रकारका चोर छन् । उनीहरूको आ–आफ्नै एरिया हुन्छ, आ–आफ्नै ग्याङ हुन्छ  । 
नजिकिँदै गरेको दसैँ–तिहारको मौका छोपी चोरहरू सक्रिय हुन सक्ने भन्दै प्रहरीले चोरी हुने सम्भावित क्षेत्रमा विषेश सुरक्षा दस्ता परिचालन गरेको छ । 
“चाडपर्वका बेला सबै घर जाने चटारोमा हुन्छन् । किनमेलदेखि व्यवहार मिलाउन व्यस्त भएका बेला चोरले मौका छोप्ने गरेको विगत छ । त्यसैले हामीले चोरी हुने क्षेत्रलाई विषेश सुरक्षा निगरानीमा राखेका छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापाले भने, “चोरहरूको आफ्नै भाषा हुन्छ । उनीहरू कोड भाषामा चल्छन् । आँखाको इसारामा चोरी गरिसकेका हुन्छन् ।” चोर समात्न प्रहरीले विभिन्न भेषमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीका अनुसार काठमाडौंमा सक्रिय चोरको आ–आफ्नै एरिया हुन्छ । आफ्नो एरियामा अर्को चोर ग्याङलाई घुस्न दिँदैनन् । अनुसन्धान अधिकारीहरूका अनुसार चोरको ग्याङमा विवाद भए पनि त्यो कुरा प्रहरीमा नपुर्याउने उनीहरुको सहमति हुन्छ । काठमाडौंको बालाजु, माछापोखरी, वनस्थली, मनमैजु, कपन आदि अत्यधिक चोरी हुने क्षेत्र हुन् । 
चक्रपथबाहिरका धापासी, बूढानीलकण्ठ, आरुबारी, अत्तरखेल पनि बढी चोरी हुने क्षेत्रमा पर्छन् । लाजिम्पाट, ज्याठा, ठमेल, ढल्कु, रानीबारी र नयाँबजार क्षेत्र तथा कीर्तिपुरको पाँगा, नयाँबजार, ढल्पा, थापागाउँ, शान्तिनगर, मैतिदेवी, ज्ञानेश्वर, सेतोपुल, रातोपुल, ल्होत्से चोक, बाफल, गैरीगाउँ, डल्लु, कलंकी, बल्खु, कुलेश्वर, सुनारगाउँ, बाफल, सिनामंगल, गौरीघाट, बत्तीसपुली, सिफल, महाबौद्ध, न्युरोड, परोपकार र नरदेवी क्षेत्रमा भने थोरै मात्रामा चोरी हुने गरेको प्रहरीको तथ्यांक छ । 
महानगरीय प्रहरी परिसर काठमाडौं मुद्दा फाँटका डीएसपी रवीन्द्र रेग्मीका अनुसार गएको एक वर्षमा राजधानीमा करिब ५ सय चोरीका उजुरी प्रहरीमा परेका छन् । उनी भन्छन्, “काठमाडौंमा दैनिकजसो चोरीका घटना हुन्छन् । तर, त्यसमध्ये केहीमात्र प्रहरीमा आइपुग्छन् । सबै चोरीको तथ्यांक प्रहरीसँग हुँदैन ।” चोरले कमजोर सुरक्षा भएको घरमा चोरी गर्ने भएकाले सुरक्षामा सचेत हुनुपर्ने उनी बताउँछन् । 
प्रहरीका अनुसार फोहोर संकलन गर्ने तथा बोत्तल, कागज बटुल्नेसँग पनि सचेत हुनुपर्छ । एसएसपी थापा भन्छन्, “विभिन्न बहानामा चोरहरू घरको सुरक्षा कत्तिको छ, कसरी घर रित्तो पार्न सकिन्छ भन्ने सूचना लिन आएका हुन्छन् । यस्तो कुरामा ध्यान दिनुपर्छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC