site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र अवार्डको किनबेच ! सरोकारवाला भन्छन्– नियमन हुनुपर्छ
Ghorahi CementGhorahi Cement

काठमाडौं । २०७४ मंसिर ७ गते अपरान्ह फिक्सन अवार्ड लिन शिल्पी थिएटरमा पुगेका निर्देशक दीपेन्द्र के खनाल भन्दै थिए, “आजकल म यस्तो अवार्ड वितरण कार्यक्रममा अवार्ड लिन जान छोडिसकेको छु । तपाईंहरु (चलचित्र समीक्षक समाज–फिक्सन) ले दिने अवार्डमा भने विश्वास लाग्छ, त्यसैले आएको हुँ, अन्त जानै छोडिसकेँ ।” निर्देशक खनालले उक्त चलचित्रबाट २०७२ मा ‘पशुपतिप्रसाद’ बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए । 

सोही वर्षको पटकथातर्फ फिक्सनले खगेन्द्र लामिछानेलाई उत्कृष्ठ पटकथाकारको अवार्ड प्रदान गरेको थियो । तर, लामिछाने आफ्नो अवार्ड लिन उपस्थित भएनन् । निर्देशक खनाल जस्तै उनी पनि अवार्ड लिन जान छोडिसकेका छन् । 

वर्षभरिका उत्कृष्ठ चलचित्र छानेर त्यसको कदर स्वरुप दिइने अवार्ड पाउन विश्वभरका चलचित्रकर्मी लालायित हुन्छन् । तर, नेपालमा भने किन यसप्रति वितृष्णा बढ्दैछ ? प्रश्नको जवाफ पनि चलचित्रकर्मीसँगै छ । 

Agni Group

पश्चिमी मुलुकमा चलचित्र पढेर फर्किएर फरक विषयवस्तुमा चलचित्र बनाएका एक निर्देशकलाई एक जना व्यक्तिले फोन गरेर भने, “तपाईंको चलचित्र अवार्डको नोमिनेसनमा परेको छ, बधाई छ ।” भोलिपल्ट त्यही व्यक्तिले फोन गरेर भन्यो, तपाईंलाई हाम्रो सर. (अवार्ड आयोजक) ले भेट्न खोज्नुभएको छ । त्यसको भोलिपल्ट निर्देशक र अवार्ड आयोजकबीच भेट भयो । ती आयोजकले निर्देशकसँग सिधै भने– सरको फिल्मलाई हामी अवार्ड दिन्छौं, सरले हामीलाई सहयोग गर्नुपर्यो ।”

ती निर्देशकले बाह्रखरीसँग भने, “म त भर्खर भर्खर बाहिरबाट आएको केही थाहा थिएन, तपाईंको पनि चलचित्र अवार्डका लागि मनोनयनमा पर्यो भनेर फोन आयो । कामको कदर हुँदारहेछ भनेर खुसी लागेको थियो । तर जब उनले पैसा मागे, मलाई त यस्तो पनि हुन्छ भन्ने लाग्यो । छक्क परें ।” उनलाई अहिले निर्देशक खनाल र अभिनेता तथा लेखक लामिछानेलाई जस्तै अवार्डप्रति मोहभन्दा पनि वितृष्णा धेरै छ । 

Global Ime bank

यी त अवार्ड वितरणमा दखिएका विकृति प्रतिबिम्बित गर्ने घटनामात्रै हुन् । नेपालमा बर्सेनि दर्जनभन्दा धेरै चलचित्र अवार्ड हुन्छन् । यीमध्ये अधिकांश अवार्ड वितरणमा चलखेल तथा खरिद–बिक्री हुने गरेको जानकारहरु बताउँछन् । 

चलचित्र निर्देशक प्रदीप भट्टराईलाई पनि अहिले  वितरण भैरहेका चलचित्र अवार्डप्रति उत्ति धेरै विश्वास गरिहाल्ने अवस्था नरहेजस्तो लाग्छ । चलचित्र अवार्ड चलचित्रकर्मीहरुका लागि पर्व भए पनि त्यसमा देखिएको विकृतिका कारण त्यसमा सहभागी हुने कि नहुने भन्नेमा द्विविधा उत्पन्न भएको निर्देशक भट्टराई बताउँछन् । 

“धेरैले चलचित्र अवार्ड बहिष्कार गर्न थाल्नु भएको छ । तर मचाहिँ आजसम्म अवार्ड हाम्रा लागि चाडपर्व हो भन्दै सहभागी हुँदै आएको छु,” निर्देशक भट्टराई भन्छन्, “यस्तै हो भने अब सहभागी हुने कि नहुने भन्ने विषयमा हामीले पनि सोच्ने बेला आएको छ । हामी आफैंले हाम्रो सिर्जनाले किन पाएन भनेर भन्ने कुुरा होइन तर अरुले पाउनुपर्ने सिर्जनाले पनि पाएन भन्दा साँच्चै चित्त दुख्दोरहेछ ।”

चलचित्र विकास बोर्डका पूर्व अध्यक्षसमेत रहेका निर्माता राजकुमार राई पनि पछिल्ला केही वर्षयता यस्ता चलचित्र अवार्डमा हम्मेसी जाँदैनन् । कम्पनीसमेत दर्ता नभएका संस्थाले अवार्ड आयोजना गर्ने गरेको उनको गुनासो छ । “हरेक कुरा नियम कानुनभित्र बसेर गर्नुपर्छ । यहाँ संस्था दर्तासमेत नभएका संस्थाले व्यक्तिगत रुपमा अवार्डहरु गर्दै आएका छन् ।

सबै एकै खालका छन् भनेर म भन्दिन, तर विकृति आएको छ,” राई भन्छन्, “म बोर्डमा छँदा यसलाई व्यवस्थित गर्नुपर्छ भनेर सबै अवार्ड आयोजकसँग बसेर यसलाई कसरी व्यवस्थित र विश्वसनीय बनाउने भनेर छलफल गरेर निश्चित मादण्ड बनाउने तयारी गरिरहेको थिएँ । तर पर्याप्त समयको अभावका कारण सम्भव भएन ।  अब बोर्डमा आउने नेतृत्वले यो काम गर्नुपर्छ ।”

अवार्ड वितरणको मापदण्ड र नियमन नहुँदा अराजकता बढ्दै गएको भन्दै राई सरकारी निकायमा दर्तासमेत नभएको अनलाइनले समेत अवार्ड गर्न थालेकाले यसको औचित्य, आवश्यकता र विश्वसनीयतामा प्रश्न खडा भएको बताउँछन् । 

“अवार्ड भनेको उत्कृठ सिर्जनालाई प्रोत्साहन दिने हो, यहाँ त जुरी नै नबसी पनि अवार्ड दिन थालिएको छ, यसको कुनै औचित्य छैन । यसको नियमन तत्काल हुनु जरुरी छ,” राई भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC