राजनीति
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की नियुक्तिको सक्कली फाइल सातदिन भित्र पठाउन सरकारलाई आदेश जारी गरेको छ । सातदिनभित्र नपठाए कारवाही भोग्न तयार रहन पनि चेतावनी दिइएको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान र विश्वम्भर श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले यसअघि कार्की नियुक्तिको सक्कली फाइल पठाउन तीनपटक सरकारलाई आदेश दिएको थियो ।
सरकारले पछिल्लोपल्ट भूकम्पमा परेर हराएको भन्दै सर्वोच्चलाई जवाफ पठाएको थियो । तर शुक्रबार सर्वोच्च अदालतले फेरि आदेश जारी गर्दै सातदिनभित्र सक्कली कागजात बुझाउन भनेको हो । “यस अदालतको आदेश अनुसार माग गरेको कागजात फाइल सम्बन्धित निकायहरुबाट समयमा अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैर जिम्मेवारीपूर्ण जवाफ पठाएको देखियो । अब पूर्व आदेशअनुसारको फाइल कागजात सातदिनभित्र नपठाएमा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) अनुसार कारवाही हुने व्यहोरा सम्बन्धित निकायलाई लेखि पठाउने,” सर्वोच्चको आदेशमा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३ १५:१६
प्रतिक्रिया दिनुहोस्