site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बालबालिका मुलुकको भविष्यका आधार : राष्ट्रपति भण्डारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताएकी छन्। 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन । 
राष्ट्रपति भण्डारीले भनिन“ शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बाल बचाउ प्रवद्र्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ ।” 
बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याइन । 
राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने बताए । 
वाल अधिकारका क्षेत्रमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढनुपर्ने बताउँदै उनले संविधानमा बालअधिकारलाई मौलिकहकको रुपमा राखिएको व्यवस्थालाई कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेखगर्दै उनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिने बताए । 
महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जु ठाकुरले अनुशासनका नाममा अहिले पनि दण्ड सजाय, बेचविखन भइरहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिइन। 
केन्द्रीय बालकल्याण समितिका अध्यक्ष दिल्लीराम गिरीले बालबालिका संरक्षण र प्रवद्र्धनमा समितिले काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । 
विद्यार्थी सेवी कुमारी यादवले अहिले पनि बालबालिका शिक्षा, स्वास्थ्य र संरक्षणको पहुँचमा कमी रहेकाले यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरे । 
नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC