site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सम्पत्ति विवरण बुझाउन एमाले नेताहरूलाई अनुशासन आयोगको निर्देशन, असामान्य वृद्धि देखिए कारबाहीको सिफारिस गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेले पार्टी नेताहरूको सम्पत्ति विवरण संकलन गर्न सुरू गरेको छ । एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भदौ २४ र २५  गते बसेको एमाले अनुशासन आयोगको बैठकले पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरु, राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
अनुसाशन आयोगका सदस्य भोजराज जोशीका अनुसार आयोगले सम्पत्ति विवरण संकलन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सुरु गरेको छ । अनुशासन आयोगको बैठकमा ओलीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । अब अन्य सम्बन्धित व्यक्तिको सम्पत्ति विवरण संकलन सुरु गरी असोज ५ गते देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा यसको प्रतिवेदन बुझाउने जोशीले बताए ।
यसअघि पनि अनुसाशन आयोगले नेताहरूको सम्पत्ति विवरण संकलन गरेको थियो । यसअघि संकलन गरेको सम्पत्ति विवरण र अहिले संकलन गरिने सम्पत्ति विवरणमा असमान्य वृद्धि देखिएमा कारबाहीको सिफारिस गरिने आयोगका अर्का सदस्य अर्जुन राईले जानकारी दिए । उनले भने, “नेताहरुको सम्पत्तिको स्रोत नदेखिएमा, अनपेक्षित सम्पत्ति बढेको पाइएमा छानबिन हुन्छ र गलत ढंगले सम्पत्ति आर्जन गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरिन्छ ।”
पार्टीभित्र अनुशासन र मर्यादा नभएको भन्दै आयोगको बैठकले पार्टीको आन्तरिक स्थिति नीति र पद्धतिको व्यवहारमा चल्नुपर्ने बताएको छ । बैठकले पार्टीभित्र देखापरेको अनुशासनहीनता, अस्वस्थता, समूहबद्धता र अभिव्यक्तिमा हुने गरेको स्वच्छन्दतालाई नियन्त्रण गर्न पार्टीलाई ध्यानाकर्षण  गरेको आयोगले जनाएको छ । 
एमाले स्थायी कमिटीको ३० देखि भदौ ५ गतेसम्म बसेको बैठकले गरेको राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षको पक्षमा दृढतापूर्वक उभिने लगायतका ६ बुँदे संकल्पको अनुशासन आयोगले समर्थन गरेको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC