देश
काठमाडौं । दाङ देउखुरीको सतवरिया–८ मा गएराती २७ वर्षीया बालिका चौधरीको छुरा प्रहार गरी हत्या गरिएको छ ।
किराना पसद गर्दै आएकी चौधरीको शरीरको विभिन्न भागमा छुरा प्रहार गरि हत्या गरेको अवस्थामा घरमै फेला परेको दाङ प्रहरी प्रमुख एसपी धीरजप्रताप सिँहले बताए । सिँहले बाहखरीसँंग भने, “किराना पसल गर्दै आएकी चौधरीको छुरा प्रहारबाट हत्या गरिएको छ, तर कसले किने गरेको भन्ने बारेमा खुलेको छैन, हामी अनुसन्धान गर्दैछौँ ।”
चौधरीको शव नजिकै एउटा छुरा फेला परेको प्रहरीले जनाएको छ । चौधरीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा छन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३ ११:५०
प्रतिक्रिया दिनुहोस्