राजनीति
काठमाडौं, २४ भदौ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकार र मधेशी मोर्चावीच बीचको बाटो (मिलनविन्दु) खोजि भैरहेको भन्दै सोही अनुसार संविधान संशोधन हुने स्पष्ट पारे ।
शुक्रबार रिपोर्टर्स क्लबमा मन्त्री निधिले संविधान कार्यान्वयनको लागि पनि संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले अघि थपे,“मधेशी, थारू, आदिवासी, जनजातिका मागलाई सरकार र असन्तुष्ट पक्षवीच लचक भएर मिलनविन्दु निकालेर संशोधन गर्न चाहन्छौं, संशोधन गरेर संविधानलाई सर्वस्विकार्य बनाएर कार्यान्वयन गर्नुपर्छ, संविधानलाई सबैले स्विकार गरोस भन्ने हाम्रो चाहना हो ।”
राजनीतिक स्थायित्व नभए मुलुकमा आर्थिक समृद्धि नहुने उल्लेख गर्दै मन्त्री निधिले आर्थिक विकासको लागि पनि राजनीतिक एजेण्डालाई सम्बोधन गर्नुपर्ने स्पष्ट पारे ।
सरकार गठनको पूर्वसन्ध्यामा काँग्रेस र माओवादी केन्द्रवीच भएको ७ बुँदे सहमति, मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्व्यन गर्नु सरकारको प्राथमिकता भएको समेत उनले बताए ।
०७४ माघ ७ भित्रै तीन वटै निकायको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री निधिले भने,“चैत्रभित्र स्थानीय तहको चुनाव हुन्छ ।” उनले स्थानीय तहको संख्यामा आपत्ति जनाउँदै भने,“आयोगले तोेकेको मापदण्ड उचित भएन, आयोगले अघि सारेको प्रस्तावमा कसैलाई चित्त बुझेन, खासगरी काँग्रेस र माओवादीलाई यसमा चित्त बुझेको छैन् ।”
आयोग सरकारले गठन गरेकोले आयोगले आँफैले मापदण्ड निर्धारण गर्न नमिल्ने बताउँदै भने,“सरकारले भनेको कुरालाई आयोगले मान्ने हो, राजनीतिक दलहरुवीचको सहमतिबाट बनाईएको मापदण्ड आयोगले पालना गर्नुपर्छ, आयोग आँफैले मापदण्ड मिल्दैन् ।” पहिलेकै ईलाका र गाउपालिकालाई नै आधार बनाएर स्थानीय निकायको संख्या निर्धाण गरेर चुनाव गर्दा पनि हुने उनले मध्यमार्गी प्रस्ताव अघि सारेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७३ १७:३२
प्रतिक्रिया दिनुहोस्