site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बल्खुको सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० जना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । 

यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा, पर्सा वीरगञ्जका राजिवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रविन्द्र चौधरी, काठमाडौं बस्ने भारत विहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौंको दक्षिणकालीका राम तामाङ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबरजस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !