काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको एनसेल सेन्टर पूर्णरूपमा महिला कर्मचारीहरूबाट सञ्चालित छ । सबै व्यवस्थापन तथा सञ्चालन महिला कर्मचारीबाट मात्रै गरिएको यस एनसेल सेन्टरले समानताको महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
“एनसेलको अवधारणा महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण हो,” जारी विज्ञप्तिमा भनिएको छ ।
यसबारे आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ । यो कदमले एनसेलको डीईआई अर्थात् विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्त्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।”