site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बञ्चरेडाँडासम्म पुर्‍याउने जिम्मा लिएको कम्पनीले नै धोबीखोलामा फोहोर बगाएपछि...
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको चाबहिल क्षेत्रमा फोहोर उठाउने प्राक्टिकल वेस्ट सोलुसन प्रालिले आइतबार साँझ डोजर लगाएर धोबीखोलामा फोहोर बगायो । आन्तरिकरूपमा फोहोर उठाउँदै आएको सो कम्पनीलाई सोमबार काठमाडौं महानगरपालिकाले २५ हजार जरिवाना तिरायो । 

महानगर नगरप्रहरी बलका प्रमुख धनपति सापकोटाका अनुसार चाबहिल क्षेत्रको फोहोर उठाएर विसर्जनस्थल बञ्चरेडाँडासम्म पुर्‍याउने जिम्मा लिएको कम्पनीले धोबीखोलामा फोहोर फालेपछि महानगरले जरिवाना तिराएको हो । “त्यो कम्पनीले चाबहिल क्षेत्रको फोहोर उठाउने रहेछ । धोबीखोलामा फोहोर फालेको थाहा पाएपछि सोमबार २५ हजार रुपैयाँ जरिवाना तिराएका हौँ,” सापकोटाले भने ।

महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडासम्म फोहोर लैजाने जिम्मा लिएका कुनै पनि कम्पनीसँग महानगरको सम्झौता छैन ।  उनका अनुसार फोहोर विसर्जनस्थलसम्म पुग्ने सडक बनिरहेकाले अहिले न्यून मात्रामा काठमाडौंको फोहोर लैजान सकिएको छ । “विसर्जनस्थलको सडक बनिरहेको छ । अहिले न्यून मात्रामा फोहोर उठिरहेको छ,” उनले भनिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बञ्चरेडाँडाको फोहोर उठाउन समस्या भएपछि टेकुमा फोहोर छोपेर राखिएको छ । फोहोरमा दुर्गन्ध नफैलिने विषादी हालेर करिब २० हजार मेट्रिक टन फोहोर प्लास्टिकले छोपेर राखिएको छ ।  “फोहोर उठाउने कम्पनीहरूले आफ्नो–आफ्नो क्षेत्र विभाजन गरेर उनीहरूले काम गरिरहेको अवस्था हो । महानगरपालिकासँग कुनै पनि कम्पनीको दर्ता छैन,” राईले भनिन् ।  
सोमबार महानगरका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँगै भेट गरेका थिए । 

फोहोर व्यवस्थापन गर्दै आएका कम्पनीहरूका अधिकारीहरूले बर्खामा हुने सडक समस्याप्रति असन्तुष्टि जनाएका थिए । अधिकारीहरूले पूर्णरूपमा सडकको अवरोध हटे काठमाडौंको फोहोर तीन दिनमा उठाउन सकिने बताएका थिए । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) का महासचिव मित्र घिमिरेले साउनदेखि उपत्यकाको फोहोर वर्गीकरण गरेर लैजाँदा सहज हुने बताए । 

Royal Enfield Island Ad

महानगरका अनुसार गैरसरकारी तथा सरकारी गरी करिब ३५–४० कम्पनीले काठमाडौं उपत्यकाको फोहोर संकलन गर्दै आएका छन् । यी कम्पनीहरूले कहाँ कसरी फोहोर उठाउँछन् भन्ने जानकारी महानगरसँग छैन । फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । उपत्यकाका १८ वटा नगरपालिकाको फोहोरको जिम्मा काठमाडौं महानगरपालिकालाई छ । 

यसअघि, फोहोर व्यवस्थापनका लागि उपत्यका मेयर फोरम बनेको थियो । आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने गरी मेयर बालेनसँग अन्य नगरपालिकाका मेयरहरूले पनि छलफल गरिरहेका छन् । स्थानीय तहको अनुमति नलिई कुनै पनि संघ–संस्थाले फोहोरमैला व्यवस्थापनको जिम्मा लिन नपाउने ऐनमा उल्लेख छ । तर, महानगरपालिकासँग कुनै पनि कम्पनीले अनुमति लिएका छैनन् । फोहोरको जिम्मा लिएका अधिकांश कम्पनीहरूले फोहोर उठाउँदै धोबीखोला र वागमती करिडोरमा थुपार्ने काम गर्दै आएका छन् । 

जनहित संरक्षण मञ्च प्रो पब्लिकलगायत संस्थाले वागमतीसहित सहायक नदीहरूमा थुपारिएको फोहोरले प्रदूषण गरी नेपालको संविधानको धारा ३० ले प्रदान गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । सो रिटमा महानगरका मेयर बालेनले आज बहस गरेका छन् । उनले काठमाडौंको फोहोर पहिलो प्राथमिकतामा रहेको भन्दै बहस गरेका हुन् । 

बञ्चरेडाँडासम्म फोहोर लिएर जाने ट्रक चालकहरूले पनि यसमा असन्तुष्टि जनाउँदै आएका छन् । फिनल्यान्डको कम्युनिकेसन प्रालिको जोइन्ट भेन्चर र अर्गानिक भिलेज लगायतका कम्पनीले फोहोर व्यवस्थापको काम गर्दै आएपनि कहिलेसम्म व्यवस्थापका जिम्मा लिने भन्नेबारे टुंगो छैन । 

हरेक आर्थिक वर्षमा महानगरले नीति तथा कार्यक्रममा प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राख्दै आएको छ । बालेन नेतृत्वको महानगरले यसपटक पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापन छ ।  महानगरको प्राथमिकतामा रहेको फोहोर व्यवस्थापन गर्न श्रोतमा नै फोहोर वर्गीकरण गर्ने नीति लिइएको छ । सो नीति साउन १ गतेदेखि लागू हुँदै छ ।  कुहिने फोहरलाई घरमै मल बनाउने महानगरबासीहरूका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने महानगरको नीति छ । 

त्यस्तै, महानगरपालिकाभित्रै ६ हजार मेट्रिक टन फोहोर विसर्जन गर्न महानगरको गृहकार्य जारी छ । अन्य नगरपालिकाको सहकार्यमा महानगरले फोहोर व्यवस्थापन गर्न गृहकार्य गरिरहेको छ । सिसडोल ल्यान्डफिल साइटका कर्मचारी सरकारदीप श्रेष्ठका अनुसार दैनिक १५०० मेट्रिक टनको दरले ट्रकले फोहोर विसर्जनस्थलसम्म पुर्‍याउँछन् । 

सरकारले अत्याधुनिक ल्यान्डफिल साइट बञ्चरेडाँडा निर्माणका लागि २ अर्ब १० करोड रुपैयाँ खर्च गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro