site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतमै पीडितमाथि अश्रुग्यास प्रहार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । जिल्ला अदालत अछाममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको हो । 

अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्याउन दबाब दिएको भन्दै मृतक शाहीका आफन्त तथा स्थानीय अदालतमै पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिँदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको दाबी रहेको दिनेश खबरमा प्रकाशित समाचारमा उल्लेख छ । 

तर, सरकारी वकिल कौशल ढुङ्गानाले भने पीडित पक्षले लगाएका सबै आरोप अस्वीकार गरेका छन् । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro