अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदभार ग्रहण गरेका छन् । नबिल बैंकको असार १६ बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको थियो ।
ढुंगानाले यसअगाडि नेपाल–बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए भने नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रहेर काम गरेका थिए ।
ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) मा र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर अध्ययन गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १७:४२
प्रतिक्रिया दिनुहोस्