site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाले सबै मन्त्री फिर्ता बोलाउने, पार्टीविरोधी गतिविधि गर्ने सबैलाई कारबाही गर्ने !
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरूको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार त्यो भेलामा संयोजक बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको थिएन । एक नेताले दिएको जानकारीअनुसार करिब २० जना कार्यकारिणी सदस्यको उपस्थिति थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने अधिकार पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

जसपाबाट सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषिमन्त्री महिन्द्र राय यादव रहेका छन् ।

Global Ime bank

सो भेलाले पार्टीको गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निर्णय गरेको छ । त्यसैगरी असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि भएको ती नेताले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय