site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा नयाँ परिस्थितिबारे छलफल गर्दै कांग्रेस 

विराटनगर । कोसी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । 

प्रमुख सचेतक गोपाल तामाङले नयाँ राजनीतिक परिदृश्य हेरेर केन्द्रको सरसल्लाहबमोजिक कांग्रेस एक ढिक्का भएर कुनै निर्णय लिने तयारी भएको बताउँदै भने, “बैठक अहिले पनि जारी छ । के गर्ने भन्ने निर्णय गर्छौं ।” प्रदेश सभाको बजेट अधिवेशन सोमबारबाटै सुरू हुँदै छ । नयाँ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले यही बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार प्रतिस्थापन गर्ने गरी सोही उपधाराको आधारमा आह्वान भई एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । कार्कीले सोमबार सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

कांग्रेसका केदार कार्की नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकार गठन भएपछि यो प्रक्रियाको विषयमा सर्वोच्च अदालतमा रिट परेको थियो । त्यसमाथि पूर्ण इजलासमा जेठ ९ गते सुनुवाइ हुनेछ ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro