site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केही मन्त्रीहरूको राजीनामापत्र गोजीमा लिएर हिँडेको छु : माधव नेपाल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।

आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,” उनले भने ।

अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताए ।

Global Ime bank

उनले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको समेत सुनाए । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे ।

“केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु,” उनले भने, “अरू मन्त्रीहरूले पनि राजीनामापत्र पठाउनुहुनेछ । राजीनामा पनि चाहिँदैन । पार्टीको निर्णय नै पर्याप्त छ । त्यो चाँडै लागु होस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय