site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘प्रचण्ड’ले कांग्रेस नेतालाई बोलाए बालुवाटार, होला त सहमति ?
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । 

“प्रधानमन्त्रीसँगको छलफलका आधारमा कांग्रेसले संसद् चल्न दिने अथवा नदिने विषयमा संसदीय दलबाट निर्णय गर्छ,” कांग्रेस नेता रमेश लेखकले भने । 

कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्रीसँगको छलफलपछि बैठक बस्नेछ ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । उक्त माग पूरा नभएको भन्दै कांग्रेसले संदन अवरुद्ध गर्दै आएको छ । 

आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि पहलस्वरुप कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro