site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका लागि आज दरखास्त आह्वान गरेको हो । 

बोर्ड अध्यक्ष पद दुई हप्ता अगाडि रिक्त भएपछि पदपूर्तिका लागि मन्त्रालयले आवेदन आह्वान गरेको हो । १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इच्छुक उमेदवारको शैक्षिक योग्यता कम्तीमा स्नातक भएको र सम्बन्धित क्षेत्रको अनुभव दश वर्ष संगालेको हुनुपर्नेछ । यसअघि प्रवीणता प्रमाणपत्र तहमात्रै शैक्षिक योग्यता तोकिए पनि यो वर्ष न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिर्वाय गरिएको छ ।

०७८ भदौ २४ गते सर्वोच्च अदालतले सार्वजनिक संस्थानहरूको व्यवस्थापनका लागि विज्ञ सदस्य तथा पदाधिकारी नियुक्तिका लागि न्यूनतम योग्यता स्नातक तह उत्र्तीण र सम्बन्धित क्षेत्रमा १० वर्षको कार्यानुभव हुनुपर्ने र खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्नुपर्ने फैसला गरेको थियो । 

Global Ime bank

विकास बोर्डको अध्यक्षका लागि भुवन केसी, सम्झना उप्रेती रौनियार, मनीष पण्डित, रवीन्द्र खड्का, राजकुमार राई, नरेश पौडेल, दयाराम दाहाल (निवर्तमान अध्यक्ष), सुचित्रा श्रेष्ठ र रमेश बुढाथोकी आकांक्षी देखाएका छन् । 
 

सूचना पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय