site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यावरणमैत्री व्यवसायमा नबिल बैंकको नयाँ कर्जा  योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा ‘नबिल इको–फ्रन्डली बिजनेस लोन’ जारी गरेको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ उक्त कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तिय आवश्कता पूरा गर्न आकर्षक सुबिधा तथा ब्याजदरसहित नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ । उक्त कर्जायोजना अन्तर्गत बैंकले साविकको भन्दा शून्य दशमलव ५ प्रतिशत ब्याजदरमा  कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्नका लागि  क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरू प्रदान गरी व्यवसायीहरू माझ वित्तीय पहुँचमा जोड दिने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उदेश्यले ‘नबिल एसएमई सहकार्य योजनामा’ आबद्ध गराउने बैंकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

“नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङ अन्तर्गतको विभिन्न प्रयासहरूमध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,” बैंकका एसएमई एन्ड माइक्रोफाइनान्स  विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरूमा समावेश गर्ने छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !