site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाग्मती सरकारले गर्‍यो कृषि अनुदान खारेज 
Sarbottam CementSarbottam Cement

वाग्मती । वाग्मती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेशसभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यावसायिकीकरण गरी रूपान्तरण गर्न कृषि तथा पशुपक्षीपालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिइएको उनले बताए ।

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले अनुदान खारेज गरिएको बताए ।

Global Ime bank

आउँदो वर्षदेखि वास्तविक किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, निजी तथा सहकारी लक्षित गरी कार्य प्रगतिका आधारमा निव्र्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरिएको, अन्डा, माछामासु, आलु, प्याज र अदुवालगायत वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन ४४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौँडामा निर्माणाधीन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने तथा काभ्रेमा पनि मिनि दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।

प्रदेशका ११९ स्थानीय तहका लागि एक अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरिएको, प्रांगारिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न पाँच करोड ७५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय