site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनोज पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो ।

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहार गरि दुईवटा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार बिहीबार मुद्दामा थुनछेक हुने छ । दुवै मुद्दामा गरेर १५ वर्षसम्म जेल सजायको मागदाबी गरिएको पौडेलले बताए । पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप छ । उनले जेठ पहिलो साता सामाजिक सञ्जालमार्फत आफूमाथि भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । बलात्कारसम्बन्धी हदम्याद नाघेकाले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको हो ।

यस्तै एक अर्की नाबालिकले पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन । दुवै घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

Global Ime bank

प्रहरीले पाण्डेलाई जेठ ७ स्वयम्भूबाट पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement