site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपकले सरकारसँग सहकार्य गर्दै सुरु गरे सिनेमाको इन्डोर–आउटडोर स्टुडियो निर्माण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्यकलाकार दीपकराज गिरीले सिनेमाको इन्डोर–आउटडोर स्टुडियो निर्माण सुरु गरेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा उनले स्टुडियो निर्माण सुरु गरेका हुन् । सरकारसँग सहकार्य गरेर स्टुडियो निर्माण सुरु गरेका हुन् ।

दीपकले आफ्नै पुर्ख्यौली जग्गामा केही रोपनी जग्गा थपेर स्टुडियो निर्माण सुरु गरेका हुन् । ५० रोपनी जग्गामा स्टुडियो निर्माणको काम सुरु गरिएको दीपकले जानकारी दिए ।

“मसँग रहेको केही पुर्ख्यौली जग्गा छ । त्यसमा केही रोपनी थपेर स्टुडियो बनाउने काम सुरु गरेको हुँ,” दीपकले बाह्रखरीसँग भने, “विस्तारै यसलाई २०० रोपनी पुर्‍याउने योजना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय मौलिकता संरक्षण गर्ने उद्देश्यले सरकारसँग सहकार्य गरेर काम सुरु गरेको उनले स्पष्ट पारे । “अहिले पाटी, पौवा बनाउँदै बाटो निर्माणको काम भइरहेको छ । हामी यहाँ पुरानो बस्ती संरक्षण गर्दै छौँ । झिँगटी घर बनाउँदै छौँ,” दीपक भन्छन्, “सहरी विकास मन्त्रालयले ७० लाख रुपैयाँ लगानी गरेर काम सुरु भएको छ । यो परियोजना बहुउपयोगी हुनेछ । सिनेमा छायांकन गर्ने पुरानो ठाउँ त हुने नै छ, होमस्टे पनि हुनेछ ।”

प्रदेश सरकार र नगरपालिकाले पनि यो परियोजना निर्माण आफ्नो योजनामा राखेको दीपक बताउँछन् ।

Global Ime bank

सरकारले सहयोग नगरे दीपक एक्लै यो परियोजना बनाउने सोचमा थिए । सरकार पनि सहकार्य गर्न तयार भएपछि संयुक्त रूपमा परियोजना अगाडि बढेको हो ।

स्टुडियोमा इन्डोर र आउटडोर सुटिङ गर्न मिल्नेछ । गाउँको कुनै पनि चलचित्र, टेलिचलचित्र तथा गीतमा गाउँको छायांकन गर्न स्टुडियो सुविधासम्पन्न हुनेछ । गाउँको सिनका लागि स्टुडियो बनेपछि बाहिर जानुपर्ने छैन ।

सरकारले अहिलेकै गतिमा पूर्वाधारको काम अगाडि बढाए दुई वर्षमा स्टुडियो निर्माणको काम सम्पन्न हुने दीपक बताउँछन् । स्टुडियोभित्र व्यक्तिगत रूपमा घर बनाउने काम स्थानीयले सुरु गर्ने बताउँदै उनी भन्छन्, “सामुदायिक लगानीको अवधारणामा यो परियोजना बन्दै छ । जसले घर बनाएको हो, उसैले लोन तिर्नेछ । सुटिङबाट आएको पैसा समितिले निर्णय गरेर बाँडफाँड गर्नेछ ।”

करिब पाँच करोड रुपैयाँ लगानीमा स्टुडियो निर्माण सम्पन्न हुने अनुमान गरिएको दीपक बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement