site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मिस नेपाल २०२२ का प्रतियोगीले गरे बनेपाको डाबर नेपाल नर्सरीको भ्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू बनेपाको डाबर नेपाल नर्सरीमा पुगेका छन् ।

भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समसस्याहरू बुझ्नुका साथै समस्या सम्बोधन गर्न डाबर नेपालको प्रयासबारे पनि बुझ्ने अवसर पाएको डाबर नेपालले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डाबर वाटिका मिस नेपालका सहभागीहरूले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका छन् । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएको र ती जडीबुटी डाबरका विभित्र उत्पादनहरूमा पनि प्रयोग गरिरहेको छ । विश्व वातावरण दिवसका अवसरमा प्रतियोगीहरूले डाबर नर्सरीको परिसरमा वृक्षरोपण समेत गरेका थिए ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवालाई परिचय गराउन पाएकामा गर्व र खुसी लागेको बताए । “डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भइसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आयुर्वेदिक उत्पादनहरूको विस्तृत शृंखलाको उत्पादन र बजारीकरण गरेको छ,” उनले भने, “आजका युवा भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ, प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुनेछन् ।”

Global Ime bank

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडीबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेको बताए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह रहेको छ । जसले नेपालका ३० जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्छ र ६० सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरूको जीविकोपार्जनलाई वैकल्पिक स्रोतको रूपान्तरण दिएको छ ।

द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरूलाई यो अवसर प्रदान गरेकामा डाबर नेपाललाई धन्यवाद दिए । “प्रतियोगीहरूले डाबर नेपालले समाजमा पुर्‍याइरहेको संरक्षण र योगदानका बारेमा जात्र यो ठूलो अवसर पाएका छन्,” उनले भने ।

डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पन्सर हो । डाबर वाटिका मिस नेपाल २०२२ को ग्रान्ड फिनाले सन् २०२२ जुन १८ मा गोदावरीको सनराइज अडिटोरियममा हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय