site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा फोहोर उठाउन सुरु हुनासाथ सिसडोलमा फेरि अवरोध !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् ।

सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले फेरि अवरोध गरेका हुन् ।

स्थानीय श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरुले गरेका छन् ।

“हिजोको सम्झौता स्थानीयले मानेनन्,” उनले भने, “काठमाडौंबाट आएका गाडीलाई रोक लगाइएको छ । पुरानै सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयको माग रहेको छ ।”

Global Ime bank

उनका अनुसार स्थानीयलाई सहमति गर्दा बेवास्ता गरिएको छ । जसरी प्रावधिक टोली गठन गरिनुपर्ने हो त्यसरी नभएको उनको भनाइ छ ।

यसअघि भएका सम्झौता नै खण्डन हुने गरी केही भाषा रहेकाले पनि अमान्य भएको उनको भनाइ छ ।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित सोमबार बेलुका बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहमतिअनुसार बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँचवटा सडकका लागि रु. ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको थियो ।

जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी अधिग्रहणको प्रकृया सुरु गर्ने सहमति भएको थियो ।

यस्तै, धुनिवेँसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य विमा वोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य विमा गर्ने सहमति भएको छ । 

धुनिवेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्रतिवेदनलाई आधार मानी १० दिन भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने फोहोरलाई स्रोतमै छुटयाउने प्रकृया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि जेठ २४ गते देखि नै फोहोर उठाउने र माटीले फोहोर छोप्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने पनि बताइएको छ ।

सहमतिपत्रमा सहरी विकास मन्त्रालयकोतर्फबाट बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रबिन्द्र बोहरा, काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेँशी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।
तर स्थानीयले उक्त सहमति नमान्ने अडान राखेको ढुंगाना बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !