अर्थ व्यवसाय
काठमाडौं । सरकारले आउँदो वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने घोषणा गरेको छ ।
आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ग्वार्को, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर–नयाँबानेश्वरमा अन्डरपास निर्माण गरिने बताए ।
यस्तै, सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनको बनाउन आउँदो वर्ष काम सुरु गरिने बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्