site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नीति तथा कार्यक्रम हेर्दा बजेट राम्रो आउने अपेक्षा गरेका छौँ : निजी क्षेत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम हेर्दा आगामी बजेट राम्रो आउने अपेक्षा गरेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले नीति तथा कार्यक्रम हेर्दा बजेट निजी क्षेत्रमैत्री आउने अपेक्षा गरेका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रम हेर्दा लगानीमैत्री बजेट आउने अपेक्षा गरेको बताए । “निजी क्षेत्रले उठाउँदै आएको विषयलाई प्राथमिकता दिएको पाइएको छ । कन्ट्री रेटिङको कुरा आएको छ । रेमिट्यान्स बढाउन उपाय चालिने, साना तथा मझौला उद्योगलाई ऋणको व्यवस्थाको विषय नीति तथा कार्यक्रममा परेको छ । उत्पादनमुलक क्षेत्रमा लागत घटाउने लगायतका विषय सकारात्मक छन्,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए । आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने विषय नीति तथा कार्यक्रममा छ । यसले विदेशी लगानी पनि आकर्षित गर्न मद्दत गर्ने अपेक्षा गरेको उनले बताए ।  

“उत्पादनमुलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने भनिएको छ । नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने भनिएको छ । यो हाम्रो माग नै हो । नीति तथा कार्यक्रममा उद्योगहरूको सुरक्षा गर्ने कुरा आएका छन्,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय