site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीको निर्वाचन क्षेत्रमा एक पालिकामा मात्र एमालेको अग्रता 
Sarbottam CementSarbottam Cement

विराटनगर । झापाको निर्वाचन क्षेत्र नं ५ का विभिन्न पालिका प्रमुखहरुमा एमाले पक्ष कमजोर देखिएको छ । 

प्रारम्भिक मत परिणामअनुसार यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये प्रमुख पदमा एउटामा मात्रै एमालेको अग्रता देखिएको छ । तीन पालिकामा भइरहेको मतगणनाअनुसार एमाले इतर पक्षले अग्रता लिएको देखिन्छ ।

दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा ५०९१ मतसहित अग्रस्थानमा छन् । एमालेकी गीता अधिकारीले ४४९५ मत प्राप्त गरेकी छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राई मतगणनाको शुरुवातदेखि नै अग्रस्थानमा छन् ।

राईले ५३८६ मत ल्याउँदा एमालेका भीमप्रसाद राईले ४११९ मत प्राप्त गरेका छन् । एक्ला एक्लै चुनावी प्रतिस्पर्धा रहेको गौरीगञ्ज गाउपालिका अध्यक्षमा कांग्रेसकी फुलवती राजवंशीले ५३५ मत ल्याएकी छिन् । एमालेका विजय अग्रवालले ५०७ मत ल्याएका छन । अघिल्लो पटक गौरादह नगरप्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म प्रगति गर्न सकेको छैन । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले ३१५१ मत ल्याउँदा कांग्रेसका रोहित साहले २९७४ मत ल्याएका छन् ।

Global Ime bank


दमकमा गणना भइसकेका वडा नं १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् ।

१० मा कांग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् । त्यस्तै गौरादहको वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलको ३ वडामा गणना सकिदा एउटा वडामा एमाले र दुई वडामा एमाले इतरले जित हासिल गरेको छ । वडा नं १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बू र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।

गौरीगञ्जको १ नम्बर वडामा भएको मतगणनाका विषयलाई लिएर विवाद भएको छ । अहिलेसम्म वडाको फाइनल तथ्याङ्क औपचारिक रुपमा बाहिर ल्याइएको छैन । त्यहा वडाध्यक्षमा कांग्रेस–एमालेको बराबर मत भएको प्रचार भएको छ तर कांग्रेसले मतगणनामा ९२ वटा फर्जी मतपत्र फेला परेको जिकिर गरेको छ । विवाद समाधान गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

गौरीगञ्जको एक नम्बर वडा भने क्षेत्र नं ४ मा पर्ने वडा हो ।  गौरीगञ्ज गाउँपालिकाका ६ मध्ये अन्य ४ वटा वडा भने क्षेत्र नं ५ मा पर्छन् ।  झापा क्षेत्र नं ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement