site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको नीति तथा कार्यक्रमबाट हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ । ‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ । 

२०७९ मंसिरमा निर्वाचन भएपछि सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसबीचमा गठबन्धनका दलहरू फेरिए पनि सरकारको नेतृत्व गर्ने व्यक्ति भने फेरिका छैनन् । 

नेपालको तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको नेतृत्वमा मंगलबार (आज) दोस्रोपटक सरकारको नीति तथा कार्यक्रम आएको हो । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्ततु गरेका छन् । 

“यस अवसरमा सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं मुलुकको सर्वाङ्गीण विकास र समृद्धि, अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवं आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,” आगामी आर्थिक वर्ष २०८१/८२ को लागि मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने । 

अघिल्लो वर्ष चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति पौडेलले प्रस्तुत गरेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री प्रचण्ड नै थिए । तर अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू थिए । 

अघिल्लो वर्षको सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएको थियो, जसप्रति माओवादी केन्द्रको निकै मोह रहँदै आएको छ । जनयुद्ध शब्दले माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई सम्झाउने गर्थ्यो । 

गत वर्ष चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति पौडेलले भनेका थिए, “यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

यसपटक सत्तारुढ गठबन्धनका दलहरू हेरफेर भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेस ‘आउट’ भएको छ भने नेकपा एमाले ‘इन’ भएको छ । गठबन्धनमा एमाले मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रवेश गरेको छ । 

एमाले र रास्वपा प्रवेश गरेपछि सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटेको छ भने ‘सशस्त्र संघर्ष’ शब्दावलीले प्रवेश गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro