site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको नीति तथा कार्यक्रममा एमाले हाबी
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा नेकपा एमाले हाबी भएको देखिएको छ । वर्तमान सत्तारुढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन् । 

सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेकपा एमाले भए पनि सरकारको नेतृत्व भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । तर, सरकारको नीति तथा कार्यक्रममा भने नेकपा एमाले हाबी देखिएको छ । 

KFC Island Ad
NIC Asia

“समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणलाई, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिबद्ध छ,” सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने । 

सरकारको नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय आकांक्षाको रूपमा प्रस्तुत गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेका अवधारणा हो । आफ्नो अवधारणालाई नीति तथा कार्यक्रममा समेट्न एमाले सफल भएको छ । अघिल्लो वर्ष प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधरणालाई समेटिएको थिएन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आएको नीति तथा कार्यक्रममा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई उच्च प्राथमिकता दिइएको थियो । 

नेकपा एमालेको नवौं महाधिवेसन २०७१ सालमा सम्पन्न भएको थियो । सोही महाधिवेशनमा ‘नेकपा एमालेको परिकल्पनाः सुखी नेपाली, समृद्ध नेपालको स्थापना’ भन्ने नारा पारित गरेको थियो । त्यसपछि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि २०७४ सालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट नै एमालेले आफ्नो चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई प्राथमिकता दिँदै आएको छ । 

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण हुँदा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणलाई उच्च प्राथमिकतामा राखिएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको २५ वर्षमा नेपाललाई समृद्ध बनाउने अवधारणा हो । केही वर्ष नसुनिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro