site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोट हाल्न जाँदा छाता बोकेर जानू, चुनावको दिन देशभर पानी पर्ने सम्भावना कति ?
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोग चुनावको अन्तिम तयारीमा छ । देशभर मौन अवधि सुरु भइसकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए पछि आयोगले चिन्ता पनि व्यक्त गरेको छ । 
 
विभागले चुनावलक्षित विशेष बुलेटिन निकाल्दै आयोग र गृह मन्त्रालयलाई अपडेट दिइरहेको छ । महाशाखाले यसअघि वैशाख २५ गते मौसम पूर्वानुमान विशेष बुलेटिन निकालेको थियो ।
  
आज पुन: ३० गतेका लागि अर्को बुलेटिन निकालेको छ । महाशाखाको बुलेटिनमा चुनावको दिन दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने उल्लेख छ । 
 
चुनावको दिन प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । पहाडी जिल्ला काठमाडांंै, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहँु रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको छ ।
 
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन्, ‘‘मनुसन सिजन सुरु भइसकेको छैन । यस्तो अवस्थामा विहानदेखि बेलुकासम्म पानी पर्ने भन्ने हुँदैन । यद्यपि, चुनावको दिनमा पहाडी र तराईका जिल्लाहरूमा पानी पर्ने सम्भावना देखिएको छ । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने अनुमान गरेका छौँ ।” 

दक्षिण बंगालको खाडीमा ‘आसानी’ नामक चक्रवात विकसित भइरहेको छ । यही चक्रवातको प्रभावले केही ठाउँमा पानी पर्ने देखिएको महाशाखाले जनाएको छ । यद्यपि, यो चक्रवात भोलिदेखि कमजोर हुँदै जाने अनुमान गरिएको मौसमविद पौडेल बताउँछन् । ‘‘आज–भोलिको अवस्था हेर्ने हो भने पहाडी जिल्लाहरूमा बादल लागिरहेको छ । तराईका जिल्लामा घाम लागिरहेको छ । यीमध्ये केही जिल्लामा फाट्टफुट्ट पानी परिरहेको छ,” उनले भने ।
  
तत्काल ठूलो क्षति पुर्याउने खालको वर्षाको सम्भावना नरहेको पौडेलले बताए । ‘‘दैनिक वर्षा र चट्याङको मनिटरिङ गरिरहेका छौँ । अहिले दिनभर पानी पर्ने अवस्था देखिएको छैन्,” पौडेलले भने ।
 
कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा अरु प्रदेशको तुलनामा कम पानी पर्ने सम्भावना देखिएको छ । स्थानीय तह चुनावको राति प्रदेश–१ मा सामान्य बादल लाग्ने देखिएको छ । त्यस्तै अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादल लाग्ने अनुमान महाशाखाको छ ।
 
राति प्रदेश–१ का केही स्थानमा र वाग्मती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 
देशभरका स्थानीय तहका विपद व्यवस्थापन कोष र विभागहरूलाई पानी परेको खण्डमा मतपेटीकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत  सामाग्रीहरू उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि आयोेगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ । यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रहरूलाई बजेट पठाइसकेको जनाएको छ । 
 
विभागले महाशाखाले आम मतदातालाई छाता बोकेर भोट हाल्न जान आग्रह गरेको छ । मौसमविद् पौडेल भन्छन्, ‘‘अहिले छोटो समयमा भिजाइहाल्ने पानी परिरहेको छ । कुन पालिकामा कतिबेला कति पानी पर्छ भन्ने ठेगान हुँदैन । जतिबेला पनि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ ।”  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement