अर्थ व्यवसाय
काठमाडौं । किसान लघुवित्तले लाभांश घटाएको छ । गत माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।
तर, नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश अस्वीकृत गर्दै २० प्रतिशत लाभांशको लागि मात्रै स्वीकृत प्रदान गरेकाले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले अब हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत मात्रै बोनस सेयर दिने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमाझ वितरण हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १२:२५
प्रतिक्रिया दिनुहोस्