site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हेटौँडा : सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपा नेपाल गठबन्धन
Sarbottam CementSarbottam Cement

काठमाडौं । हेटौँडा महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको गठबन्धनबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको छ । 

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन हुँदा पनि एमाले विजयी भएको हेटौँडामा सत्ता गठबन्धन र एमाले–राप्रपा नेपाल गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको हो । 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमालेसँग तालमेल गरेर जाने सैद्धान्तिक सहमति भइसकेको र केही दिनमा नै लिखित सहमति हुने दाबी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उपमेयरमा राप्रपा नेपालको दाबी 

राप्रपा नेपालले उपमेयर र केही वडाका अध्यक्ष आफूहरूलाई दिनुपर्ने सर्त राखेको छ । एमालेलाई मेयरमा सघाउने र आफूले उपमेयरसहित केही वडा पाउनुपर्ने उनको भनाइ छ । 

Global Ime bank

“हामीले हेटौँडाको मेयरमा एमालेलाई सहयोग गर्छौं । उपमेयर र केही वडामा हाम्रो दाबी छ,” उनले भने । 

गठबन्धनलाई सहज छैन 

२०७४ को स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बन्यो । दुई दलबीच गठबन्धन हुँदा पनि नेकपा एमाले ६१५ मतले विजयी भएको थियो । 

एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएका थिए भने गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत मात्रै पाएका थिए ।

एमालेले १२ वडामा जित निकालेको थियो । वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १७, १८ र १९ मा एमालेका उमेदवार विजयी भएका थिए । कांग्रेसले  १, ५, ६, १५, १६ गरी ५ वटा वडामा जित निकालेको थियो । माओवादी केन्द्र भने १४ वडामा सीमित भएको थियो । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमले हेटौँडामा एक हजार भन्दा बढी मत ल्याएको थियो । उक्त दल हालको जसपा हो । जसपा सत्ता गठबन्धनमा छ । 

अबको निर्वाचनमा सत्ता गठबन्धन निर्वाचनमा होमिँदै छ । मकवानपुर जिल्लामा सत्ता गठबन्धनका दलहरूबीच गठबन्धनबाटै चुनाव लड्ने सहमति भइसकेको छ । तर, अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि पराजित भएका दलहरूलाई एमाले र राप्रपा नेपालको गठबन्धनसँग सहज भने छैन । अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौँडामा झण्डै ७ हजार मत ल्याएको थियो । राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए । 

तर, एमाले र राप्रपा अहिले विभाजित छ । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा छ ।

त्यस्तै राप्रपाबाट विभाजित भएको दल राप्रपा नेपाल एमालेसँँग तालमेलको तयारीमा छ । राप्रपा नेपाल पनि पहिलेको तुलनामा निकै कमजोर छ । राप्रपाबाट जितेका अधिकारी राप्रपामा नै छन् । 

तर, बर्तौला राप्रपा नेपाल कमजोर नरहेको जिकिर गर्छन् । 

“पहिलेको जनमत घट्दैन । बरु मत धेरै आउँछ । कमल थापा जता उभिने उता मत आउने भन्ने हुन्छ । न्युट्रल मत पनि हाम्रै पार्टीलाई आउँछ,” उनको दाबी छ ।

केन्द्रको निर्णयको पर्खाइमा गठबन्धन, एमाले सिफारिस 

सत्ता गठबन्धनका नेताहरू भने केन्द्रको निर्णयको प्रतिक्षामा छन् । सत्ता गठबन्धनले हालसम्म भागबण्डा गरिसकेको छैन ।

हालका मेयर महतले दोहोरिने इच्छा व्यक्त गरेका छन् । बाह्रखरीसँगको कुराकानीमा एमालेका आफूले मेयरमा पुनः दाबी गरेको बताए । हेटौँडा एमालेमा सर्वसम्मत रूपमा उमेदवार सिफारिस नहुने देखिएको छ । एमालेले महतसहित अनन्त पौडेल र गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको छ । एमालेले तीनजनाकै नाम उपमेयरमा पनि सिफारिस गरेको छ ।

आफ्नै उमेदवार उठाउने तयारीमा राप्रपा 

एमाले र राप्रपाबीच गठबन्धन सक्ने आकलन पनि भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तालमेल गर्ने भन्दा पनि आफ्नै उमेदवार बनाउने तयारी रहेको बताए । 

“सम्मानजनक प्रस्ताव आए छलफल गर्न सकिन्छ । तर, हामीले अहिले कुनै तालमेलको सोच बनाएको छैन । आफ्नै तागतमा उमेदवारी दिने तयारी छ,” उनले भने ।

एमालेले राप्रपा नेपालसँग गठबन्धन गरे आफू सो गठबन्धनमा सहभागी नहुने उनले बताए । हेटौँडामा राप्रपा नेपाल कमजोर रहेको र आफूहरूको शक्ति रहेको उनको जिकिर छ । 

“हेटौँडामा अघिल्लो निर्वाचनमा हामीले ७ हजार मत ल्याएका थियौँ । हामी त्यहाँ निर्णायक हौँ । कमल थापाको गृह जिल्ला भए पनि कार्यकर्ताको साथ राप्रापामा छ,” उनले जिकिर गरे । 

राप्रपाले यो निर्वाचनमा पनि अघिल्लो निर्वाचनका पराजित उमेदवार मधुकरप्रसाद अधिकारीलाई उमेदवार बनाउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय