site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्षी आवाज सुन्नै तयार भएनन् सभामुख, प्रेम सुवालको अस्तित्व अस्वीकार

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार पनि प्रतिपक्ष सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठक सञ्चालन गरे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले वेलमा नाराबाजी र राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितको अवरोधबीच उनले बैठकका काम–कारबाही अघि बढाएका थिए ।

सभामुख घिमिरेले नाराबाजीबीच नैै नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गराए । धन्यवादको प्रस्तावका निम्ति प्रधानमन्त्री र राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव राख्न गृहमन्त्रीलाई सभामुखले ‘रुलिङ’ गरेरै ‘मार्सल’ खटाएका थिए ।

मार्सलको सुरक्षामा प्रधानमन्त्रीले धन्यवाद प्रस्ताव राखेपछि सभामुख घिमिरेले निर्णयार्थ पेस गरेका थिए । उनले निर्णयार्थ पेस गर्ने क्रममा ‘हुन्छ’ भन्ने पक्षमा सत्तापक्षका सांसदहरूले आवाजसहित हात उठाएका थिए ।

त्यसपछि उनले ‘प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुस्’ भन्दै प्रस्ताव राखे । नेमकिपाका सांसद प्रेम सुवालले प्रस्तावको विपक्षमा रहेको जनाउ दिँदै ‘हुन्न’ भने । तर, सभामुख घिमिरेले ‘हुन्न भन्ने आवाज सुनिएन’ भन्दै प्रस्ताव पारित भएको घोषणा गरे ।

प्रतिपक्ष आवाज नसुनिएको हुनसक्छ भनेर उनको आसनसँगै रहेका संघीय संसद् सचिवालयका अधिकारीले ‘हुन्न भन्ने एकजना हुनुहुन्छ’ भन्दै सभामुखको ध्यानाकर्षण गराए । त्यसरी ध्यानाकर्षण गराएको अडियो सभामुखकै माइकबाट ‘लिक’ भएर सुनियो । तर, उनले आफ्नो ठहर सच्याएनन् । अर्को कार्यसूची अघि बढाए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro