site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो
SkywellSkywell

काठमाडौं । पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई आज नवलपुर जिल्ला अदालत पठाइएको हो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागार तनहुँले जनाएको छ ।

Dabur Nepal
NIC Asia

गएको चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जिल्ला अदालत नवलपुरले उपस्थित गराउन भनेअनुसार शाहलाई नवलपुर पुर्‍याइएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu