site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एआईजी बढुवाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध डीआईजी इश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

यही चैत १८ गते डीआईजी कार्कीले दायर गरेको रिटमा २० गतेका लागि नै पेसी तोकिएको थियो । तर, २० गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकियो । रेग्मीको इजालासमा पनि कार्कीले नेपाल सरकारसहित लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट अन्तिम नम्बरमा परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका भाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेकाले स्वार्थ बाझिने भन्दै हेर्न नमिल्ने सूचीमा पर्‍यो । गोलाप्रथा प्रणालीका कारण सोमबार पनि एकल इजलास रेग्मीलाई नै पर्‍यो भने एकल इजलासमा उनकै इजलासमा परेको कार्कीको रिट सुनुवाइ हुन सकेन ।

सोमबार पनि कार्कीको रिट हेर्न नमिल्ने सूचीमै परेको छ । न्यायाधीश रेग्मीसँग लोकसेवा आयोगका अध्यक्ष रहेका दाजु माधव रेग्मीको साइनोले एआईजी बढुवाविरुद्धको मुद्दा प्रभावित हुन पुगेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement