site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोखरेल
फाइल तस्बिर ।

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेपबिना गठन भएको जिकिर गरे ।

“यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेपबिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ भन्ने प्रयास हो,” उनले भने, “यो प्रयासमा चित्त नबुझ्नेहरू अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन् ।”

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले उल्लेख गरे । विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनानुसार अहिले साना दलमा फुट आएको उनले बताए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

संसद्‌मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनले बताए । “आफूमाथि लागेको आरोपका विषयमा संसद्‌मा बोल्न पाउनुपर्छ भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन । बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, संघर्ष भएको हो,” उनले भने, “एउटा पार्टीको सभापतिले ममाथि लागेको आरोपलाई संसद्‌मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृतिमाथि अतिक्रमण मुख्य समस्या रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए ।

अब नेपालमा व्यवसाय गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro