site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदै छ । सेनाको रेन्जर फौज र अमेरिकी सेनाको स्पेसल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताए । हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेन्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता सिल्वालले भने, “यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेन्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेन्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।” संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हँुदै छन् ।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यावहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

Global Ime bank

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतिमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय