site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा
Sarbottam CementSarbottam Cement

विराटनगर । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रूपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णयक बन्यो । निकै प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्‍यो । तर, सफल हुन सकेन । जितसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दस हजार रुपैयाँ प्राप्त गरे ।

दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दस टोलीको सहभागिता थियो ।

Global Ime bank

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय