site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उरुग्वे र इक्वेडर विश्वकपमा छनोट
Tiktok banner adTiktok banner ad

काठमाडौं । जर्जियन डी एरसकाइटाको गोलमा उरुग्वेले गएराती पेरुलाई १–० ले हराउँदै कतार विश्वकप २०२२ मा स्थान पक्का गरेको छ । त्यस्तै पाराग्वेसँग ३–० ले पराजित भए पनि इक्वेडर पनि विश्वकपमा स्थान पक्का बनाउन सफल भएको छ । 


दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेको जितमा एरसकाइटाले ४२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो जितसँगै उरुग्वेले कतारको टिकट पक्का गरेको हो । 

रुसमा सम्पन्न अघिल्लो संस्करणको विश्वकप गुमाएको उरुग्वेलाई कतार विश्वकपमा स्थान बनाउन एक अंकको आवश्यकता थियो । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेर चौथो स्थानमा रहन सफल भयो । समान खेलबाट २१ अंक जोडेको पेरु पाँचौं स्थानमा छ । 


शुक्रबार बिहानै पाराग्वेसँग ३–१ ले पराजित भए पनि इक्वेडरले विश्वकपमा स्थान बनाउन सफल भयो । पेरुको हार इक्वेडरको लागि विश्वकपको बाटो बन्यो । इक्वेडरले १७ खेलबाट २५ अंक जोडेको छ । 

दक्षिण अमेरिकाबाट यसअघि ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् । पेरुको सम्भावना समाप्त भने भइसकेको छैन । प्लेअफबाट जितेर पनि विश्वकपमा स्थान बनाउन सक्छ । तथापी पेरुलाई कोलम्बिया र चिलीले पनि पछ्याइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro