site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युक्यासलमाथि एभर्टनको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एलेक्स इओबीले इन्ज्युरी समयमा गरेको गोलमा एभर्टनले बिहीबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडमाथि १–० को विजय हासिल गरेको छ । योसँगै एभर्टनलले चार खेलसम्मको पराजित यात्रामा पूर्णविराम लगाएको छ ।

पछिल्लो समय एभर्टनले गरेको खराब प्रदर्शनका कारण टिम रेलिगेसन क्षेत्रनजिक पुगेको छ । ८३औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर एलनले रातो कार्डको सामना गरेपछि फ्रांक लामपार्डको एभर्टन १० खेलाडीमा सीमित बनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तनावपूर्ण खेलमा १४ मिनेट इन्ज्युरी समय थप गरिएको थियो । इन्ज्युरी समयको नवौँ मिनेटमा इओबीले गोल गरेपछि एभर्टन महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

जितपछि एभर्टनले २७ खेलबाट २५ अंक जोडेको छ । त्यो रेलिगेसन क्षेत्रको वाटफोर्डभन्दा तीन अंकले मात्र माथि हो । यद्यपि, वाटफोर्डले दुई खेल बढी खेलेको छ । पराजित भए पनि न्युक्यासल ३१ अंकका साथ १४औँ स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement