site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला लिगमा भारतीय खेलाडीसहित मैदानमा उत्रने विराटनगरको तयारी
विराटनगरका खेलाडी । तस्बिर : कुमार लुइँटेल/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

विराटनगर । दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा भाग लिन विराटनगरका महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् ।

चितवनमा आयोजना हुने प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसाथ प्रशिक्षण सुरु भएको बताइएको छ । महिला खेलाडी डेढ महिनादेखि बन्द प्रशिक्षणमा रहेको प्रशिक्षक पारस चौधरीले जानकारी दिए ।

स्थानीय सहिद मैदानमा खेलाडीहरू बिहानैदेखि प्रशिक्षणमा सहभागी हुँदै आएको उनले बताए । उनले भने, “दैनिक बिहान चार घण्टा अभ्यासरत खेलाडीलाई उपाधिनजिक पुर्‍याउने लक्ष्य छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चौधरीका अनुसार टोलीमा मध्यपंक्ति र अग्रपंक्तिमा समान सातजना, रक्षात्मकतर्फ आठ र गोलरक्षकको भूमिकामा तीनजनासहित टोली सन्तुलित बनाउने प्रयास गरिएको छ ।

टोलीकी कप्तान कल्पना कार्कीले पहिलो संस्करणमा विराटनगर पाँचौँ स्थानमा रहेकामा योपटक सुधार गर्ने र उपाधि जित्ने लक्ष्य रहेको बताइन् । उनी भन्छिन्, “हामी पूर्ण तयारी र हौसलासाथ लिगमा भाग लिँदै छौँ ।”

Global Ime bank

टोलीमा उनी पहिलो रोजाइकी गोलरक्षकको भूमिकामा छिन् । हाल बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी रहेको उनले सुनाइन् ।

टोलीमा भारतको पश्चिम बंगाल र झारखन्डबाट समेत चार खेलाडीलाई मैदानमा उतार्ने तयारी रहेको बताइएको छ ।

गोलरक्षकको प्रशिक्षकमा करण कार्की छन् । उनले भने, “हालै उदयपुरमा प्रदेशस्तरीय उपमेयर कप जितेको जोसका साथ विराटनगरको टोली लिगमा सहभागी हुनेछ ।”

टोलीमा कविता खड्का र अपेक्षा गिरीसहित मोरङबाट आठ, धनगढीबाट चार, सर्लाहीबाट तीन, धनकुटा, सुनसरी, उदयपुरबाट समान एक र भारतबाट चार खेलाडी सहभागी हुनेछन् ।

विराटनगरले प्रतियोगितामा पहिलो खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग आउँदो चैत ११ गते खेल्नेछ । यसअघि पुलिसको टोलीलाई पराजित गरेकाले पनि मैदानमा दबाब बनाउन सफल हुने प्रशिक्षक चौधरीको भनाइ छ ।

सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको र 'होम एन्ड अवे'का आधारमा आयोजना हुने प्रतियोगिताको पहिलो चरणका खेल चितवन र दोस्रो चरणका खेल विराटनगरमा हुने विराटनगर महागनरपालिकाका प्रवक्ता उद्धव अर्यालले जानकारी दिए ।

प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका सहभागी हुनेछन् । विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी, दोस्रो हुनेले १० लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय