जनकपुरधाम । धनुषामा साथीलाई गोली हानेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १९ स्थित शनिबार राति १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । मुखियमाथि गोली प्रहार गरेको आरोपमा सोही ठाउँका रूपेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आज धनुषा प्रहरीले मुखियापट्टी मुसर्निया गाउँपालिका ४ नेपाल-भारत सीमा क्षेत्रबाट पक्राग गरेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनकअनुसार घटनाको भलिपल्ट प्रहरीले अटोमेटिक पेस्तोल पनि बरामद गरेको थियो । किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा मुखियमाथि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।