site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदीमा ३० महिला रेल चालकको जागिरका लागि २८ हजारले दिए आवेदन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरबमा हालै ३० महिला रेल चालकका लागि रोजगारीको अवसर खुलेको थियो । तर आश्चर्यजनक यसले २८ हजार आवेदकहरुलाई आकर्षित गरिसकेको छ । महिला स्वतन्त्रता र रोजगारी सम्बन्धी पछिल्लो समय साउदीले नियमहरु खुकुलो बनाइरहँदा यस्ता मागहरु पनि देखा पर्न थालेका हुन् । 

यो पद खुलाउने स्पेनी रेलवे सञ्चालक रेनफेका अनुसार उमेदवारहरुको सङ्ख्या घटाउनकै लागि योग्यतामा अङ्ग्रेजी भाषाको क्षमता पनि उल्लेख गरिएको थियो । र यसले वास्तवमै आधाले आवेदकहरु घटाउन सफल भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा चुनिने ३० महिलाहरुले मेका र मेडिना शहरबीच बुलेट ट्रेनहरु चलाउनेछन् । यसरी लोकल व्यवसायमा महिला कर्मचारीहरुका लागि पनि रोजगारी सिर्जना गर्न आफूहरु उत्साहित भएको यसअघि रेन्फेले बताएको थियो । हाल देशभरमा यस्ता ८० पुरुष चालक रहेका छन् । 

केही वर्ष अगाडिसम्म पनि साउदीमा महिलाहरुलाई शिक्षिका या मेडिकल कामदार जस्ता एकदम सीमित क्षेत्रमा मात्र संलगन हुन दिइन्थ्यो । 

Global Ime bank

तर पछिल्लो पाँच वर्ष त्यहाँको कार्यक्षेत्रमा महिलाहरुको सहभागीता झन्डै दुई गुणाले बढेको छ । अर्थतन्त्रलाई विविध बनाउँदै लैजाने राजकुरमार सलमानको लक्ष्यअनुरुप अहिले पुरुष या आप्रवासीलाई मात्र सिमित गरिएका क्षेत्रमा महिलाहरुले पनि काम गर्न थालेका छन् । तर अझै पुरुषको तुलनामा कम नै देखिन्छन् । गार्जियन  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement