site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । राष्टिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । 

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले पाएको छ । एरो थाईको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौंबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।  उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय